शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटक लोभ्याउन चाँगुनारायण नगरपालिकाको पदमार्ग योजना

आइतबार, २२ असार २०७६, १२ : ३७
आइतबार, २२ असार २०७६

भक्तपुर । पर्यटकहरुलाई सधैँ हिमाल मात्र देखाएर पर्यटनको विकास नहुने भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाले नयाँ योजना ल्याएको छ । 

भ्यु टावर, पर्यटक बसपार्क, पदमार्गलगायतका संरचाना बनाउने तयारीमा रहेको उक्त नगरपालिकाले यो वर्ष पदमार्ग बनाउन सुरु गरेको हो । 

शनिबार एक कार्यक्रम गरेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पर्यावरणमैत्री पदमार्गको शिल्यान्यास गरेका हुन् । 

मिश्रले करिब ४ किलोमिटरको दूरी रहने यो पदमार्ग मंसिरसम्ममा निर्माण सकिने बताए । 

नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्ग बनाउन लागेको मिश्रको भनाई छ । 

नगरपालिकाले महामञ्जुश्री, बहाल र ढुंगेपाखा सामुदायिक वन क्षेत्रमा पदमार्ग निर्माण गर्ने जनाएको छ । नगरकोटको मोहनपोखरीदेखि बागेश्वरी हुँदै सुडालको महादेव पोखरीसम्म करिब ४ कलोमिटर पैदल मार्ग निर्माण हुनेछ । ढुंगा छापेर सिँडी निर्माण गरिने पदमार्गको चौडाइ चार फिटको हुनेछ । पछि साइकल लेन थप्ने तयारी छ । 

एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पदमार्गका विभिन्न स्थानमा शौचालय, खानेपानी र आराम स्थलहरू बनाउइने मिश्रले जानकारी दिए । 

पदमार्ग निर्माणका लागि योजनाअन्तर्गत तीन करोडमा ठेक्का प्रक्रिया भइसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप