शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोनी आईएमएक्स ५८६ रेडमी नोट सेभेन प्रो नेपालमा, यस्ता छन् विशेषता

आइतबार, २२ असार २०७६, १९ : १७
आइतबार, २२ असार २०७६

काठमाडौं– शाओमी विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट सेभेन प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअप्को डेब्यूदेखि नै यो फोनले विरता संगणनामा धेरै ठूलो अपग्रेड ल्याएको छ ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट सेभेन प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।’

रेडमी नोट सेभेन प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको छ जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास फाइभसँगै रेडमी नोट सेभेन प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ ।  त्यति मात्रै नभएर ६.३ इन्च, ज्ञढ।छस्ढ द्दघद्धण् ह ज्ञण्डण् पक्सिेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ ।

रेडमी नोट सेभेन प्रोको पछिल्लो भागमा रहेको गोरिला ग्लास फाइभले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ र क्वालकम क्विईक चार्ज फोरलाई समर्थन गर्दछ ।

रेडमी नोट सेभेन प्रो– ४८ एमपी क्यामेरा

रेडमी नोट सेभेन प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् र यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ । औरा डिजाइनल भएको रेडमी नोट सेभेन प्रो मा कलर र गोरिला ग्लास फाईभ मात्र नभएर सम्पूर्ण पूर्जाहरु एकसाथ मिलेर रेडमी नोट सेभेन प्रोलाई एक सुन्दर कार्यात्मक यन्त्र वा उपकरण बनाएका छन् ।

४८ एमपी सोनी आईएमएक्स ५८६ 

यस फोनसँगै शाओमीले प्रयोगकर्तालाई ४८ एमपी फोटो लिन मिल्ने स्मार्टफोन क्यामेरा, रेडमी नोट सेभेन प्रो प्रस्तुत गरेको छ । यस लाइनको सबैभन्दा शीर्ष सोनी आईएमएक्स५८६ सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपीको एडभान्स सिग्नल प्रोसेसिंगले गर्दा रेडमी नोट सेभेन प्रो कुनै पनि ह्यान्डी क्यामेरा भन्दा बढि छ जुन पकेटमा फिट हुन्छ । 

रेडमी नोट सेभेन प्रोले वास्तविक जीवनका लागि विस्तृत स्तरको विवरण सहित तस्वीरहरु उत्पादन गर्दछ । पीडीएफ ले बिन्दुमा केन्द्रित गर्दै फोकसलाई पनि छिटो बनाउँछ । 

एमआईयुआई क्यामेराको परिष्कृत एलगोरिदमका साथमा, रेडमी नोट सेभेन प्रो प्रयोगकर्ताहरुले लाइभ पोट्रेट, लाइभ स्टुडियो पोट्रेट जस्ता थुप्रै सुविधाहरुको आनन्द लिन सक्नेछन् । पृष्ठभूमि (ब्याकग्राउन्ड) मा ब्लर इफेक्टका साथ अचूक पोट्रेट दृश्य (सट) का लागि ५ एमपी क्यामेरा सेन्सरले मुख्य ४८ एमपी सेन्सरसँग काम गर्छ । यसको विशेष रुपमा टियून्ड नाइट मोडले न्यून प्रकाश भएको अवस्थामा पनि राम्रो दृश्य (सट) लिन मद्दत गर्दछ ।  

स्न्यापड्रागन ६७५ सँग अर्को स्तरको पर्फर्मेन्स

क्वालकम स्न्यापड्रागन ६७५मोबाइल प्लेटफर्मद्वारा संचालित विश्वकै पहिलो स्मार्टफोन, रेडमी नोट सेभेन प्रो कस्तो देखिन्छ वा कस्ता तस्वीरहरु खिच्छ भन्ने कुरामा मात्र सिमित छैन । यसको  स्न्यापड्रेगन ६७५मा भएको ८ क्रियो ४६० कोरमा दुईवटा एआरएम कोर्टेक्स ए७६ र छ वटा एआरएम कोर्टेक्स ए५५ कोर रहेको छ  । जसले प्रणालीमा रहेको चीप्लाई सबै प्रयोगकर्तामाझ सम्मान बनाउँछ ।

४ जीबी र ६ जीबी र्यामसँगै रेडमी नोट सेभेन प्रोले ठुलो स्पेक्ट्रमका प्रयोगकर्ताहरुलाई समेट्छ । प्रयोगकर्ताहरुको विस्तृत श्रेणीले गर्दा उपयोगको फरक ढाँचा आउँछ, रेडमी नोट सेभेन प्रो ले पीटुआई कोटेड बडीसँगै दीर्घायुको सुनिश्चित गर्दै दाग–प्रतिरोधी गुणहरु प्रदान गर्दछ ।

उपलब्धता

रेडमी नोट सेभेन प्रो ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २४,९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि २९,९९९ मा स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा जुन ३० तारिकबाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कममा उपलब्ध हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप