शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल

मङ्गलबार, २४ असार २०७६, १३ : ०४
मङ्गलबार, २४ असार २०७६

कास्की– पोखरामा सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल भएको छ । दुईदिने सम्मेलनमा जनस्वास्थ्यका प्राध्यापक, अनुसन्धानकर्ता एवं विज्ञबाट विभिन्न विषयमा प्रस्तुति भएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा सम्मेलन आयोजक समितिका अध्यक्ष सह प्राध्यापक डा.डमरुप्रसाद पनेरु जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा जनस्वास्थ्य विषयका प्राध्यापक शरदराज वन्तले ‘विश्व कार्ययोजना: स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिको मार्ग’ विषयमा प्रस्तुति राखेका थिए । त्यस्तै प्राध्यापक डा. राजेन्द्रकुमार बिसीले तथ्य निर्माण प्रणाली र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै राष्ट्रिय बीमा बोर्डका अध्यक्ष सहप्राध्यापक उमाशङ्कर प्रसाद, सहप्राध्यापक राजेन्द्र कार्की, प्राध्यापक डा सुजनबाबु मरहठ्ठा, खिमबहादुर खड्का लगायतले स्वास्थ्य बीमा एवं सङ्घीय संरचनामा स्वास्थ्य लगायतका विषयमा आआफ्ना प्रस्तुति राखेका थिए । 

उपप्राध्यापक चिरञ्जीवी अधिकारीले सम्मेलनमा १६० जनाको सहभागिता रहेको जानकारी दिए । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय तथा स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त कार्यक्रम भएको थियो । सम्मेलनमा नसर्ने र सर्ने रोग, स्वास्थ्य र पोषण एवं स्वास्थ्य बीमा लगायतका सम्बन्धित विज्ञहरूले आआफ्ना धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप