ऐतिहासिक दरबारको स्वरुप नफेरि रिर्सोट

पाल्पा– पाल्पामा रहेका धेरै ऐतिहासिक दरबारमध्ये अधिकांश दरवार जीर्ण बनेका छन् ।
अर्गेली दरवार, भैरवस्थान दरवार,धरमपानी दरवार लगाएतका दरवारहरु जीर्ण बनेका हुन् । यी दरवारमा रहेका कलात्मक झ्याल,ढोकाहरु चोरी हुने क्रम बढेको स्थानीयले बताएका छन् ।
केही दरवारहरु भने व्यक्तिका नाममा आइसकेका छन् । त्यसमध्येको तानसेन ५ धरमपानीमा रहेको धरमपानी दरवार जुद्ध शंसेरको पालमा निर्माण गरिएको हो । यो दरवारलाई द्धन्दकालमा माओवादीले कब्जामा लिएर आफ्ना कार्यकर्ता बसालेको थियो ।
पछि माओवादी विभाजनसँगै धरमपानी दरवार टिका पौड्ललाई फिर्ता गरिएको छ । अहिले यो दरवारमा उनै पौडेलले होटल सञ्चालन गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ