बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाउदको अपराध शृङ्खला परिवर्तन, भारत सशंकित

बुधबार, २५ असार २०७६, १२ : १६
बुधबार, २५ असार २०७६

संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) मा भारतीय राजदूत सैयद अकबरुद्दीनले दाउद इब्राहिमको मुद्दा उठाएका छन् । उनले मंगलबार यूएनएससीमा दाउदको अपराध शृङ्खला नेटवर्किङमा परिवर्तन भएको बताएका छन् । 

अकबरुद्दीनले भनेका छन्, ‘दाउदको डी–कम्पनीको अपराध शृङ्खला पूरै आतंककारी सञ्जालमा परिवर्तन भएको छ । हाम्रो क्षेत्रको लागि अहिले यो नै वास्तविक र सबैभन्दा ठूलो खतरा हो ।’ उनले लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद जस्ता आतंककारी संगठनमाथि पनि सख्त कारबाही गर्नुपर्ने माग गरेका थिए । 

यूएनएससीमा मंगलबार भएको अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि खतराको विषयमा खुला विचार राखिएको थियो । यसैक्रममा अन्तर्राष्ट्रिय आतंककारी संगठन र आपराधिक संगठनबीच के के कुरा जोडिएका छन् त ? भन्ने विषयमा धारणा व्यक्त गरिएको थियो । 

सन् १९९३ मा मुम्बई बम विष्फोटको आरोपी दाउद भारतका ‘मोस्ट वान्टेड’ अपराधी हुन् । 

‘डी–कम्पनीको भारतमा कारोबार’
अकबरुद्दीनले भने, ‘डी–कम्पनीको गैरकानुनी आर्थिक गतिविधि अन्य क्षेत्रमा कम भए पनि भारतमा ठूलो परिमाणमा रहेको छ । दाउदले यस क्षेत्रमा सुन तस्करी, नक्कली नोट, हातहतियार र लागुऔषधको तस्करी गैरकानुनी रुपमा गरिरहेको छ । यो वर्तमानको लागि निकै खतरापूर्ण छ ।’

उनले अगाडि भने, ‘इस्लामिक स्टेट (आईएसआईएल)को विरुद्द सफलता हासिल गर्नु छ भने सबै मिलेर कारबाही गरे परिणाम राम्रो आउँनेछ । अल–कायदाले सहयोगी लश्कर र जैश जस्तै दाउदको डी–कम्पनी पनि अपराधमा संलग्न भएकाले संविधानको धारा १२६७ अनुसार कारबाही हुनुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप