यी हुन् मदन पुरस्कार गुठीले छानेको वर्षका ७ उत्कृष्ट पुस्तक
बुधबार, २५ असार २०७६, १३ : ०४
काठमाडौं– मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ । कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ पुस्तक छानिएको गुठीले जनाएको छ ।
गुठीले संस्थाको विधान अनुसार ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ समितिबाट सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश नामक पुस्तकलाई छनोट गरिएको अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने दीक्षितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी