बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिर्पट प्रहार गरी काकाको हत्या

बुधबार, २५ असार २०७६, १४ : ४१
बुधबार, २५ असार २०७६

जाजरकोट– भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । मङ्गलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा भतिजा मानबहादुरले काकामाथि चिर्पट प्रहार गरेको प्रहरीको भनाइ छ । मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाका आरोपित मानबहादुरको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप