शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धोनी र जडेजाको साझेदारीले पनि जोगाउन सकेन भारतलाई, न्युजिल्याण्ड विश्वकपको फाइनलमा

बुधबार, २५ असार २०७६, १९ : ४४
बुधबार, २५ असार २०७६

एजेन्सी– भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो । जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

६ विकेटको क्षतिमा ९२ रनको खराब स्थितिबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् । जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए । उनले १ चौका र एक  छक्का हिर्काए ।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके । ३० ओभरमा ९२ रन हुँदा भारतले ६ विकेट गुमाइसकेको थियो । न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप