शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतले हारेपछि कप्तान विराट कोहलीले के भने ?

बिहीबार, २६ असार २०७६, ०७ : ४७
बिहीबार, २६ असार २०७६

आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराह कोहलीले न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् ।

भारतीय कप्तानले सुरुवाती ४०–४५ मिनेटदेखि नै खेलको ढाँचा परिवर्तन भएको बताएका छन् ।

उनका अनुसार न्यूजिल्याण्डको शानदार बलरका कारण टिम दबाबमा परेको र गल्ती गर्न बाध्य भए ।

यद्यपि, उनले भारतीय समूहले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।

भारतीय कप्तानले खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘हामी हारेपछि निराश पक्कै छौं तर हाम्रो आत्मविश्वास अलिकति पनि खस्किएको छैन ।’

Photo: AFP

‘गल्ती स्विकार्न लाज लाग्दैन’

भारतीय कप्तानले भने, ‘आजको हारपछि अहिले नै तुरुन्त केही भन्नु ठिक छैन । पछि फुर्सदमा कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर समीक्षा गर्न सकिन्छ ।’

उनले न्यूजिल्याण्डका बलरको खुलेर तारिफ गर्दै भने, ‘केही शट पक्कै पनि राम्रा थिएनन् तर रोहित शानदार बलिङमा आउट भए । म पनि राम्रो बलिङमा नै आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागिरहेको थियो कि सजिलै यसलाई परिवर्तन गर्न सक्नेछौं । तर न्यूजिल्याण्डले बलिङ गर्न सुरु गरेबित्तिकै उनीहरुलाई हामीलाई सुरुवाती ८ ओभरमा शट खेल्ने मौका नै दिएनन् । उनीहरुले हामीलाई दबाबमा पारे । हामीलाई यो कुरा स्विकार गर्न कुनै लाज लाग्दैन ।’

Photo: REUTERS

तर यसको अर्को पाटो पनि हेरिनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो खेलमा हामीले राम्रो प्रदर्शन गरेका छौं । रोहितले शानदार ब्याटिङ गरेका छन् । बुमराह र जडेजाको पनि प्रदर्शन निकै राम्रो रह्यो । हामीले शानदार क्रिकेट खेल्यो र पूरा मेहनत गरेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप