बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धोनीको चौतर्फी आलोचनाः न्यूजिल्याण्डका कप्तानले सोधे, ‘धोनीले नागरिकता फेर्लान् ?’

बिहीबार, २६ असार २०७६, ०८ : २९
बिहीबार, २६ असार २०७६

बीबीसी

न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।

भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना भइरहेको छ ।

न्यूजिल्याण्ड बुधबार म्यान्चेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा सेमिफाइनलको रोमाञ्चक खेलमा भारतलाई १८ रनले हराएर लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको २४० रनको लक्ष्यलाई पछि पार्नका लागि बुधबार जब भारतीय खेलाडी ब्याटिङ गर्न थाले तब पाँच रनमा नै तीन विकेट झर्यो ।

सातौं विकेटमा धोनी र जडेजाको ११६ रनको साझेदारी अघि भारतको ९२ रनमा ६ विकेट झरेको थियो । जडेजा र धोनीको जोडीले भारतको जितको आशा जगाएको थियो ।

GETTY IMAGES

जडेजाले ५९ बलमा ७७ रनको शानदार पारी खेले जबकि धोनीले विकेट बचाइराखे तर उनको पारी सुस्त रह्यो र उनले ७२ बलमा ५० रन बनाए ।

भारतले अन्तिम १४ बलमा ३२ रन बनाउनु थियो तर त्यस्तो हुन सकेन । हारपछि एकपटक पुनः धोनीको आलोचना हुनथाल्यो र उनले लक्ष्यको हिसाबले आफ्नो पारीलाई तीब्र नपारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । धोनीको विषयमा भारतका कप्तान विराट कोहली र न्यूजिल्याण्डका कप्तान विलियम्स दुबैलाई प्रश्न सोधियो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सलाई यदि उनी भारतका कप्तान भएको भए धोनीलाई टिममा राख्थे भनेर प्रश्न सोधियो, उनले हाँस्दै जवाफ दिए, ‘उनी न्यूजिल्याण्डका लागि खेल्न सक्दैनन् ! तर उनी विश्व स्तरीय खेलाडी हुन् ।’

पत्रकारले भारतका कप्तान भएको भए नि भन्दै आफ्नो प्रश्न पुनः दोहोराए । यसमा विलियम्सले भने, ‘पक्कै पनि । उनको अनुभव महत्वपूर्ण समयमा निकै काम लाग्छ । उनको योगदान आज वा भोलि सधैं रहनेछ । जडेडासँग उनको साझेदारी निकै राम्रो रह्यो । धोनी अन्तरराष्ट्रिय स्तरका क्रिकेटर हुन् । के उनी नागरिकता फेर्नेबारे विचार गरिरहेका होलान् ? यदि यस्तो हो भने हामी उनको चयनमा विचार गर्नेछौं ।’

धोनीको आलोचना ग्रुप स्टेजको म्याचमा पनि उनको आक्रामकताको विषयमा भइरहेको थियो । विशेषगरी इंगल्याण्डबाट पाएको हारपछि धोनी निशानामा थिए ।

तर विलियम्स मान्छन् कि धोनी विश्वकपमा खेल्न लायक विश्वस्तरीय खेलाडी हुन् । उनले भने, ‘हामीले विभिन्न समयमा धोनीले अन्तिममा खेललाई आफूतर्फ मोडेको देखेका छौं । यो निकै मुश्किल विकेट थियो त्यसकारण कुनै पनि हातलमा सजिलो थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप