शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूह निकट रेड युथफोर्सका अध्यक्ष पक्राउ

बिहीबार, २६ असार २०७६, १४ : १४
बिहीबार, २६ असार २०७६

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
 
विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच शुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए । विवादको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

उनी युथफोर्र्सको अध्यक्षको साथै युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ । हाल सुर्खेत प्रहरीले विप्लव समूहका गतिविधिका साथै लागुऔषधलगायतका सामाजिक अपराधको तीव्र निगरानी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप