काठमाडौंबाट नेविसङ्घका ७ कार्यकर्ता पक्राउ
बिहीबार, २६ असार २०७६, २२ : ४८
काठमाडौं-भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता पक्राउ परेका छन् ।
आज साँझ प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराईलगायत पक्राउ परेका हुन् ।
यस्तै बालाजुबाट नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर