शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डुबानमा विराटनगर, बाजुरामा पहिरो

शुक्रबार, २७ असार २०७६, ०६ : ३६
शुक्रबार, २७ असार २०७६

लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।  कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् ।

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन् । 

त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ । बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ । बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन् ।  साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन् ।  सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए । बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा  सरोज यादव, विराटनगर र दयाराम पण्डित, बाजुराबाट लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप