मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर
बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो ।
त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ ।
सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसुति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाइृ अस्पतालमै राखिएको थियो ।
बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो ।
बिउँझिदा बच्चा नदेखेपछि बबिताले रोइकराइ गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै