शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुमेहका कारण पुरुषलाई ११ र महिलालाई १३ प्रकारका क्यान्सरको खतराः अध्ययन

शुक्रबार, २७ असार २०७६, १२ : ११
शुक्रबार, २७ असार २०७६

ओन्ली माई हेल्थ

टाइप टु मधुमेह र क्यान्सर दुबै जीवनशैलीसँग जोडिएको रोग हो । हालै चीनमा एउटा अनुसन्धान गरिएको छ जसमा टाइप टु मधुमेहका बिरामीलाई कस्ता क्यान्सरको खतरा हुन्छ भन्ने जानकारी दिइएको छ ।

अध्ययनमा प्राप्त आँकडा अनुसार टाइप टु मधुमेहका कारण पुरषलाई ११ प्रकारको क्यान्सरको खतरा हुन्छ जबकी महिलालाई १३ प्रकारको क्यान्सरको खतरा हुन्छ । संसारभरी टाइप टु मधुमेहका बिरामीको संख्या तीब्र रुपमा बढिरहेको छ ।

तीन वर्षभन्दा बढी गरियो अनुसन्धानः

यो शोध जर्नल अफ डायबिटिजको मे २०१९ को संस्करणमा छापिएको हो । यो अध्ययनमा पछिल्ला विभिन्न अनुसन्धानको हवाला दिँदै मधुमेह र क्यान्सर एक–आपसमा कसरी सम्बन्धित छन् भनेर जानकारी दिइएको छ । यो अध्ययनका लागि टाइप टु मधुमेहका चार लाख १० हजार १ सय ९१ लाई चुनिएको छ जसलाई अध्ययनका बेला कुनै पनि प्रकारको क्यान्सर थिएन । यो अध्ययन सन् २०१३ जुलाईदेखि सन् २०१६ डिसेम्बरसम्म गरियो, जसमध्ये थुप्रै बिरामीलाई क्यान्सरको खतरा पाइयो ।

महिलालाई पुरुषभन्दा बढी खतराः

शोधकर्ताले टाइप टु मधुमेहका शिकार पुरुषमा क्यान्सरको सम्भावना ३४ प्रतिशत थियो जबकी टाइप टु मधुमेहको शिकार महिलामा क्यान्सरको सम्भावना ६२ प्रतिशतभन्दा बढी थियो ।

पुरुषलाई हुने सामान्य क्यान्सरः

यो अध्ययन अनुसार पुरुषलाई सबैभन्दा धेरै खतरा प्रोस्टेट क्यान्सरको खतरा हुन्छ । यसबाहेक –

ब्लड क्यान्सर (ल्यूकेमिया)

छालाको क्यान्सर

थाइरोइडको क्यान्सर

लिम्फोमा क्यान्सर

मृगौलाको क्यान्सर

कलेजोको क्यान्सर

प्यान्क्रियाटिक क्यान्सर

फोक्सोको क्यान्सर

कोलोरेक्टल क्यान्सर (मलद्वारको क्यान्सर)

पेटको क्यान्सर

महिलालाई हुनसक्ने सामान्य क्यान्सरः

यो अध्ययन अनुसार टाइप टु मधुमेहका शिकार महिलामा सबैभन्दा धेरै खतरा घाँटीको क्यान्सर (नेसोफेरिंगियल क्यान्सर) को हुन्छ । यसबाहेक –

कलेजोको क्यान्सर

एसोफेगल क्यान्सर

थाइरोइड क्यान्सर

फोक्सोको क्यान्सर

प्यान्क्रियाटिक क्यान्सर

लिम्फोमा

युटेराइन क्यान्सर (गर्भाशय वा बच्चादानीको क्यान्सर)

कोलोरेक्टल क्यान्सर (मलद्वारको क्यान्सर)

ब्लड क्यान्सर

स्तन क्यान्सर

सर्वाइकल क्यान्सर र

पेटको क्यान्सरको खतरा हुन्छ ।

मोटोपनासहित मधुमेह हुँदा क्यान्सरको थप खतराः

शोधकर्ताका अनुसार मधुमेहका बिरामीलाई क्यान्सरको खतरा त्यतिबेला धेरै हुन्छ जब उनीहरुको तौल धेरै हुन्छ । वास्तवमा, मोटोपनाले शरीरको अंगलाई विभिन्न प्रकारले प्रभावित गरिरहेको हुन्छ । जीवनशैलीसँग जोडिएका विभिन्न रोगका सबैभन्दा ठूलो कारण पनि मोटोपना नै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप