बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थी मृत्यु प्रकरण: प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ असार २०७६, १२ : ५९
शुक्रबार, २७ असार २०७६

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।

विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको बताए । 

‘मुद्दा दर्तापछि म्याद थप गरेर हामी आवश्यक प्रमाण सङ्कलनमा जुटेका छौँ’, प्रहरी निरीक्षक भट्टले भने, ‘प्रहरी सूक्ष्म रुपमा घटनाको अनुसन्धान गर्दैछ ।’
    
प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उनले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप