कलंकी डुवानमा उद्दार गर्दा जे देखियो (फोटोफिचर)
काठमाडौं– अविरल वर्षासँगै कलंकीमा रहेको मालपोत कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको कार्यालय आसपास क्षेत्रबाट ५० जनाभन्दा बढीको रेक्स्यू गरिएको छ ।
कलंकी खसीबजार भएर बग्ने मनमती खोलाले सो कार्यालय आसपासका घरमा पसेको पानीको कारण अलपत्र परेका ५० बढिको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
अलपत्र परेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थनाीयको सहयोगमा उद्दार गरिएको हो । उद्दार गर्दा डुङ्गाको पनि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ ।
थानकोटबाट बग्दै आएको मनमती खोलाले उपत्यकामा सबैभन्दा बढि क्षति पुर्याएको प्रहरीको भनाई छ । मनमति खोलाले कलंकी आसपास क्षेत्रमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना