पहिरोले बेनी जोमसोम कोरला सडक अवरुद्ध
पोखरा-वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक शुक्रवार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको छ । करिडोरको घाँसामाथि घोप्टे भिरमा ठुलो पहिरो आएको कारण सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।
ठुलो पहिरो आएका कारण हटाउन समय लाग्ने प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्रकुमार बस्यालले जानकारी दिए । कालीगण्डकी करिडोर निर्माणको क्रममा रहेका डोजर एक्साभेटरले पहिरो हटाउने प्रयास भईरहेको उनले जानकारी दिए । मनसुन सुरु भएकाले कुनै पनि बेला बाढि पहिरोको जोखिम हुन सक्ने भन्दै गण्डकी प्रदेश सरकारले सर्तक रहन सबैलाई आग्रह गरेको छ ।
प्रदेशमा हुन सक्ने विपतलाई ध्यानमा राखी विपत प्रतिकार्यको तयारी गरेको प्रदेश सरकारले जनाएको छ । सुरक्षा निकाय, स्थानिय तह र विपतपछि आवश्यक पर्ने उद्धारका लागि आवश्यक तयारी अवस्थामा राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी खुबिराम पोखरेलले जानकारी दिए । सामान्य वर्षात भए पनि गण्डकी प्रदेशमा ठुलो पानी भने परेको छैन ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका कार्यालयलाई सर्तक रहन निर्देशन दिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राखि प्रदेश प्रहरी कार्यालयले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको गण्डकी प्रदेशका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा