शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी कम गर्न सकिन्छ ढाड दुखाईको समस्या

शनिबार, २८ असार २०७६, १० : २७
शनिबार, २८ असार २०७६

काठमाडौँ । ढाड दुखाइको समयमा उपचार नगर्ने हो भने यसले ठूलो समस्या पनि निम्त्याउँन सक्छ ।  यो समस्या विश्वकै एक ठूलो र साझा समस्या हो । बिस्तारै ढाड दुखाईले मानिसलाई ठूलो समस्यासम्म पु-याउन सक्छ । आज ढाड दुखाइको कारण, बच्ने उपाय र सावधानीका बारेमा वरिष्ठ नशा रोग विशेषज्ञ डा. रागेश कर्णले जानकारी गराएका छन् । 

यसकारणले दुख्छ ढाड 
मांशपेसी र लिगामेन्ट तन्किएर, पटक—पटक गह्रौँ सामान उचाल्दा, शरीर तन्काउँदा ढाडका तन्तुहरु खुम्चिन जान्छ र ढाड दुखाइको समस्या देखा पर्छ । कुरकुरे हड्डी फुट्दा अथवा फुत्किदा पनि ढाड दुखाइको समस्या निम्तन सक्छ ।

 साथै ढाडको हड्डी र्खिदा वा बाँगिएर ढाडमा दुखाई उत्पन्न हुन सक्छ । बद्ढो उमेर, व्यायाम अथवा कसरतको कमी अत्याधिक शरीरिक तौल अर्थात मोटोपन, बाथ रोग, क्यान्सर जस्ता रोग लाग्दा पनि ढाड दुखाईका समस्या आउँन सक्छन् । 

डा. रागेश कर्ण

यतिमात्रै होइन कुनै पनि सामान उठाउने तरिका नमिल्नु , मनोवैज्ञानिक समस्या (एन्जाइटी वा डिप्रेशन ) हुनु र धुम्रपान धेरै प्रयोग गर्ने व्यक्तिमा पनि यस्ता समस्याहरु देखापर्न सक्छन् । सँगसँगै धेरै कम्युटरमा बस्ने मानिसमा पनि ढाड दुख्ने समस्या हुन्छ । 

ढाड शरीरको महत्वपूर्ण भाग हो । ढाड दुखाईले हाम्रो दैनिक जीवनमा समस्या ल्याइरहेको छ । ढाडको मांशपेशी मात्रै दुख्नु, दुखाई बिस्तारै खुट्टातिर सर्नु, निहुँरिँदा, भारी उचाल्दा, बसेर उठ्दा वा हिँड्दा ढाडको दुखाई बढ्छ । वेडमा पल्टिदा ढाड दुखाई कम हुने हुन्छ । 

  ढाडको दुखाइ घरायसी र सामान्य उपचार पछि कम हुन्छ । तर केही विशेष परिस्थितिमा भने चिकित्सकसँगको सल्लाह अनिवार्य आवश्यक हुन्छ । जस्तै सहनै नसक्ने दुखाइ छ, सामान्य उपचारले पनि निको भएको छैन् भने निचिकित्सकको सल्लाह जरुरी हुन्छ । 

दुखाई एउटा वा दुबै खुट्टा तिर सर्ने गरेको छ र त्यसमा पनि खुट्टाको घुडामुनि सम्म सरेको छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । एउटा वा दुबै खुट्टामा कमजोरीपन महसुश हुने र झमझम हुने गरेको छ भने पनि चिकित्सकलाई अनिवार्य देखाउँनु पर्छ ।  यसमा बिरामी दुब्लाउँदै जाने, ज्वारो आउने, पिसाब तथा दिशामा समस्या देखिने पनि हुन सक्छ  । 

लक्षण 
तपाईको ढाड कति दिनदेखि दुखेको हो । कस्तो अवस्थामा ढाड धेरै दुख्छ । ढाडको दुखाई अन्य ठाउँमा सर्छ या सर्दैन । पहिला पनि चोट पटक लागेको थियो कि ? दुख्ने कम हुने भएको वा लगातर दुखेको र दुखाईले नियमित काम प्रभावित गरेको छ भने ढाड दुखाईका लक्षण हो भनेर बुझ्नु पर्छ ।
आफ्नो यस्ता समस्याले गर्दा दैनिक काममा कस्ता खालका समस्याहरु आइरहेका छन् । उपचारमा के—के विधि अपनाईएको छ भन्ने कुराको बारेमा पनि चिकित्सकसँग स्पष्ट रुपमा भन्न आवश्यक हुन्छ । 
बच्ने उपाय  
ढाड दुखाइको समस्या नआउँनको लागि हामीले दैनिक जीवनयापनलाई परिवर्तन गर्न सक्नु पर्छ । ढाडलाई स्वास्थ र बलियो राख्नु पर्छ  । ढाड माशंपेशीलाई थप बलियो बनाउँनु पर्छ । शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ । मोटोपनाले ढाँडमा थप समस्या उत्पन्न हुने भएको हुँदा मोटोपनालाई समयमानै नियन्त्रण गर्नु राम्रो हुन्छ भने ध्रुमपान गनुहुन्छ भने छोड्ने प्रयास गर्नु पर्छ ।  

साथै सिधा उभिदा ढाड सिधा राख्ने , धेरै समय सम्म उभिनु परेको खण्डमा खुट्टालाई तलमाथि राखि ढाडमा पर्ने भारलाई कम गर्नुपर्दछ । होसियारी साथ भारी उचाल्ने, भारी उचाल्दा समानलाई शरीरको अरुभागको पनि मद्धत लिएर उठाउँदा राम्रो हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप