महिलालाई सिप सिकाउँदै चाँगुनारायण नगरपालिका
भक्तपुर । महिलालाई स्वरोजगार बनाउन चाँगुनारायण नगरपालिकाले महिलालाई सिपमुलक तालिम दिन थालेको छ । महिला तथा दलित लक्षित कार्यक्रम अन्र्तगत एक हजार महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले नगर र वडा स्तरिय गरि दुई चरणमा महिलालाई मन्टेश्वरी तालिम, मोटर तथा स्कुटर ड्राइभिङ्ग तालिम, व्युटिसियन तालिम, क्रिष्टलको माला, पोते र चुरा बनाउने तालिम, कुशनको सामान बनाउने तालिम र साबुनको झोल बनाउने तालिम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन् ।
त्यसैगरि नगरपालिकाले ९ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि ८०—८० हजार रुपैयाँ बिनियोजन गरेको थियो । सो बजेटबाट वडा स्तरमा कुशनको सामग्री बनाउने तालिम, काष्ठकलाका सामान बनाउने तालिम, झोल सावुन बनाउने तालिम, व्युटिसियन तालिम प्रदान गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिइन् ।
वडास्तरिय तालिम ७ वटा वडाले सम्पन्न गरेका छन् भने चानपा ६ र ७ नं. वडाले तालिम सञ्चालन गर्न बाँकि रहेको छ । तालिमको समापन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले महिलाहरुले तालिम लिएर आफै स्वरोजगार तथा रोजगार बन्न सकुन् भन्ने उद्देश्यले सिपमूलक तालिमहरु सञ्चालन गरिएको बताए ।
उनले एक पटक तालिममा सहभागि भइसकेको व्यक्ति पुनः अर्को कुनै तालिम लिने र दोहो¥याउने कार्य गर्न नपाउने नीति नगरपालिकाले अख्तियार गरेको जानकारी दिए । लक्षित कार्यक्रम अन्र्तगत नगरपालिका मार्फत ६४ जनाले मन्टेश्वरी तालिम, १ सय ६ जनाले मोटर तथा स्कुटर तालिम र १ सय ३ जनाले व्युटिसियन तालिम लिएका छन् ।
नगरपालिकाले महिलाका लागि ४५ दिनको मन्टेश्वरी, १ महिनाको मोटर ड्राइभिङ्ग तालिम र ३ महिनाको व्युटिसियन तालिम प्रदान गरेको जनाएको छ । लक्षित कार्यक्रम अन्र्तगत महिलाको कार्यक्रममा वडा स्तरमा ३ सय ५० जनाले र दलित लक्षित कार्यक्रममा ३ सय ७५ जनाले तालिम प्राप्त गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर