केन्द्रीय संस्करण

कविता : निरन्तर युद्ध

person explore access_timeअसार २८, २०७६ chat_bubble_outline0

-राजन कार्की

थाहा छ ?
सृष्टिको सुरुवाती नै विद्रोह – अचम्म ।।
चाहे त्यो जीवनको होस् वा जगतको । 
करोडको नाशपछि एउटाको निवास हुने सृष्टिको रचना 
हिजो युद्ध भयो– अनि आज युद्ध भयो ।
अब निश्चित छ– भोलि पनि युद्ध हुनेछ ।।
अपितु ः विचारले कहिले युद्ध गर्यो ? हतियार उठायो ?
प्रतिस्पर्धा – स्वार्थले गर्दा 
मान्छेसँगै प्राणी मात्रले युद्ध गरे । 
हतियार उठाए  । जिते–हारे । हारे जिते ।
परन्तु ः बिचारलाई जितेनन्, सृष्टि पतन हुनबाट जोगिएनन् ।
जिते –हारे त केवल लाश  मात्र,  अहंमता मात्र र  स्वार्थ मात्र ।
याद गर्नुस– अहो ।।
 भीषण युद्धपछिको एकलासे बिहान कस्तो थियो ? आगोको वर्षा पछिको खन्डहर बस्ती ?
सोचनुस त– त्यतिखेर जीवन र जगतकै अन्तको अवस्था । जगत आउनुअघि नै कतै भोगे जस्तो, देखे जस्तो ।
यौवनमा चुँडिएको कोपिला र मानिसमा देखिएको अट्टाहस निराशा कस्तो थियो ? 
डाइनसर जस्तै मानवसमुदायको समूल नाश ।
कृपया शान्त रहनुहोस् ।
अहिले मूर्दा शान्ति छाएको छ ।
आँधी आउनुअघिको पूर्वअनुमान मात्र हो यो ।
थाहा छैन–
कस्तो प्राकृतिक प्रकोप वा आँधी र तूफान आउने हो ?
तर दिगो शान्ति चै  देखिँदैन, हुदै होइन ।
उल्का लाग्छ– सम्भवतः
फेरि एकपल्ट घनघोर युद्ध हुन बाँकी छ ।
यो युद्धमा पनि न वादीले जित्छ न प्रतिवादीले –दुवैले हार्छन् ।
शङ्खघोषपछि युद्धको पुनः तयारी हुन्छ र गर्छन् ।
अपितुस्त्यतिखेर प्राणी समुदाय त के सारा प्रकृति माथि नै काल्पनिक  विजय प्राप्त हुन्छ ।
खैर– दुस्ख लाग्छ–
सृष्टिको अम्लीय रुन्चे पुकारमा मान्छे विज्ञ भएर पनि अनविज्ञ छ ।
थाहा छैन– यसपछि के हुन्छ ? यत्ति चै ज्ञात छ युद्ध भो– सकिएन ।
पालैपालो आक्रोस सुनियो– मुस्कान देखियो । जितभयो हारभयो ।
अन्तमा युद्ध सकिएन । नभन्दै पुनः युद्ध सुरू भयो ।
युद्धको शृङ्खला –प्रस्तुत छ ।
निरन्तर युद्ध ।।
                                                                                                                                                                        
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...