बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट सदरमुकाम गौर डुब्यो,  जिल्लाको अवस्था बेहाल (फोटोफिचर)

शनिबार, २८ असार २०७६, १२ : १३
शनिबार, २८ असार २०७६

 रौतहट–अविरल वर्षाका कारण रौतहट सदरमुकाम गौर नै डुबानको चपेटामा परेको छ । भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा गौरनै डुबानमा परेको हो । 

भारतीय पक्षले विपतको बेला पनि मानवियता नदेखाएको भन्दै स्थानीयले विरोध गरेका छन् । यस्तै सामाजिक सञ्जालमा भारतीय पक्षको विरोधमा टिप्पणी समेत भइरहेका छन् । 

रातोपाटीकर्मी सञ्जय मिश्रका अनुसार गौरमा वर्षाले १० फिट बढी गहिराइको ताल बनेको छ भने सरकारी कार्यालय र निजी घरमा पानी पसेको छ।  

मानिसहरु घरको छतमा त्रासपूर्ण अवस्थामा बसिरहेका छन् । अहिले पनि वर्षा भइरहेकाले जनजीवन थप कष्टकर बनेको छ । 

यस्तै जिल्लाको औरैया, बनजरहा, बर्हमपुरी, ईनरवा, टिकुलीआ, गढवा, रजवाडासहित बागमती किनारका दर्जन बढी गाउँ पनि डुवानमा परेका छन् । 

यस्तै कटहरिआ ४ हर्षाहा, लछमिनिया, बहादुरपुर, बलुआ, इनर्वा, लगाउअतका गाउँ पनि डुबानमा परेका छन् । 

सो ठाउँमा करीब ५०० परिवार ३ हजार जना  प्रभावित बनेको बताइएको छ । 

यता बृन्दाबन नगरपालिका बलेरिखोरका ११ परिवारका २६ जना प्रभावित बनेका छन् । 

गौर, चन्द्रपुर ,कटहरिया सडकखण्ड बाहेक सबै सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

अहिले स्थानीय प्रशासनको पहलमा सुरक्षाकर्मीको टोली रबर बोट लिएर डुबान क्षेत्रमा जान लागेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

घरघरमा पानी जमेर अन्न, लत्ताकपडा, पसलका सामान गरि करोडौंको क्षति भएको अनुमान गरिएपनि विस्तृत विवरण आउन बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप