लुम्बिनी अस्पतालमा ५ वटा शव अलपत्र
आइतबार, २९ असार २०७६, ११ : ३२
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ५ वटा शव अलपत्र परेका छन् । शनिवार दिउँसो अस्पतालको शवगृहमा बालक (छोरा)को शव छाडेर आमा नै भागेको अस्पताल प्रशासनले जनाएको छ । यस्तै अन्य ४ वटा शव समेत वेवरिसे अवस्थामा रहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर कृष्ण खनालका अनुसार रोल्पाको थवाङ्गकी तिनपुरा घर्तीले आफ्नो २६ महिनाको छोरालाई उपचारका लागि ल्याएकी थिइन् ।
आकस्मिक कक्षमा उपचारका क्रममा ती बालकको मृत्यु भए पछि उनले शव अस्पतालमै छाडेर हिँडेकी हुन् । अहिले बालकको शव अस्पतालमा वेवारिसे अवस्थामा रहेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भीम भट्टराईले ती बालकसहित ५ जनाको शव अस्पतालमा वेवारिसे अवस्थामा रहेको जानकारी दिए ।
डिएसपी भट्टराईले खोजतलासको क्रममा पनि आफन्त नभेटिए सबैको रोहवरमा दाहसंस्कार गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर