शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सानो मन’ले पायो दर्शक

आइतबार, २९ असार २०७६, १२ : ३७
आइतबार, २९ असार २०७६

काठमाडौं –‘सानो मन’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएको छ । 

एकल प्रदर्शनको अवसर पाएको फिल्मको बिहिबार प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको कारण फिल्मको ब्यवसाय सोचेभन्दा राम्रो भएको निर्देशक सुयोग गुरुङले बताए ।

अभिनेता आयुष्मान देशरमज जोशी, अभिनेत्री शिल्पा मास्के सहित निर्माण युनिट शनिबार दर्शकको प्रतिक्रिया बुझ्न राजधानीको बिभिन्न चलचित्र भवनमा समेत पुगेका थिए । सो क्रममा दर्शकले जोशीसँग सेल्फी समेत खिचाउन तछाड मछाड गरे ।

दर्शकले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएको अभिनेता जोशीले बताए । उनले भने ‘अब माउथ पब्लिसिटीले पनि दर्शक बढ्छन् होला ।’

शुक्रबार अबिरल बर्षाका कारण केही कम दर्शक देखिए पनि शनिबार भने बढेको निर्माण युनिटको दाबी रहेको छ ।

म्यूजिकल लभ स्टोरी बताइएको फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बनेको फिल्ममा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर निर्माता रहेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप