बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंक  र जिएमई रेमिट बीच विप्रेषण सम्झौता

आइतबार, २९ असार २०७६, १९ : ०६
आइतबार, २९ असार २०७६

काठमाडौं– लुम्बिनी विकास बैंक र जि. एम. ई रेमिटबीच विप्रेषण कारोवार सम्बन्धी  सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिट बाट पठाएको रकम ग्राहकहरुले जि. एम. ई रेमिटको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्नेछन् ।

साथै स्वदेश तथा विदेशबाट जि. एम. ई रेमिट मार्फत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । 

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र जि. एम. ई रेमिटको तर्फबाट प्रमुख सञ्चालन अधिकृत प्रमोद मान सिंह बस्नेतले संयुक्त रुपमा हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप