मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकको सुकेधारामा निशुल्क स्वास्थ्य शिविर

आइतबार, २९ असार २०७६, १९ : १५
आइतबार, २९ असार २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंक सुकेधारा शाखाले ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो । करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो । 

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई  आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप