शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखामा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा संचालनमा

आइतबार, २९ असार २०७६, १९ : २२
आइतबार, २९ असार २०७६

गोरखा– एन आई सी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्की नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप