शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका डेढ लाख युवामा इन्टरनेटको लतको कारण मानसिक समस्या

सोमबार, ३० असार २०७६, ११ : १४
सोमबार, ३० असार २०७६

सिओल । एक रिपोर्टको अनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वको अन्य कुनै देशभन्दा सबैभन्दा तीव्र गतिको छ । त्यहाँ करीब हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन् ।

तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ । यसको लतका कारण युवा मानसिक र शारीरिक रुपमा अस्वस्थ बन्न थालेका छन् । इन्टरनेटको लत छुटाउन अहिले देशभर पुनःस्थापना केन्द्रहरु खोल्न परेको छ । त्यहाँ युवाहरुलाई इन्टरनेटको लत छुटाउन सहयोग गरिन्छ । त्यस्तै विद्यालयमा विशेष कार्यक्रमहरु पनि शुरु गरिएको छ ।

पछिल्लो वर्षको आधिकारिक तथ्याङ्कका अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको लतको चपेटामा छन् । केही रिपोर्टका अनुसार यो संख्या अझ बढी पनि हुन सक्ने बताइएको छ । नेशनल हेल्थ सर्विसले यदि कुनै कुरामा व्यक्तिले नियन्त्रण गर्न सक्दैन भने त्यसलाई लत मानिने उल्लेख गरेको छ ।

इन्टरनेटको लतका कारण युवा मानसिक र शारीरिक र मानसिक रुपमा अस्वस्थ बन्न थालेका छन् । उनीहरु स–सानो कुरामा रिसाउने र उत्तेजित हुने गरेका छन् ।

यसरी व्यक्तिको व्यवहारमा पनि बदलाव देखिने गरेको छ ।  इन्टरनेटको लतका कारण उनीहरु सुत्ने र खानेजस्ता जरुरी कार्य पनि टार्न थालेका छन् ।

अहिले थुप्रै संख्यामा युवाहरु इन्टरनेटको लत छुटाउन क्याम्पहरुमा जाने गरेका छन् । क्याम्पमा युवाहरुलाई अनलाइनको दुनियाँबाट कसरी दुरी बनाउने भनेर सिकाइन्छ । मुजु शहरमा रहेको क्याम्पमा मात्र सन् २०१४ देखि १२ सय युवा क्याम्पमा लत छुटाउन आइसकेका छन् ।

इन्टरनेटको लत लागेका १७ वर्षीय हावो भन्छन्, ‘मलाई युट्युव हेर्ने नराम्रो लत लागेको थियो । म दैनिक १८ घण्टासम्म युट्युवमा बिताउँथे ।’ यसले उनी स–सानो कुराले उत्तेजित हुने र तनावमा रहन थालेका थिए । उनको पढाइ पनि प्रभावित हुन थालेको थियो । त्यसपछि उनले क्याम्पमा भर्ना हुने निधो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप