मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘श्रीदेवीको हत्या भएको हो’

सोमबार, ३० असार २०७६, ११ : ३१
सोमबार, ३० असार २०७६

केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । 

उनको यस्तो बयानपछि इन्टरनेटमा यस विषयमा बहसको जन्म दिएको छ । वास्तवमै भएको के थियो त ? धेरैलाई फेरि एकपटक यो प्रश्नले झस्काएको छ । सिंहको यो वयान उनका साथी फरेन्सिक सर्जन डा. उमादथनको सहायतामा दिएका थिए । डा. उमादथनको पनि केहि समय अगाडि निधन भइसकेको छ ।

यसैबीच, श्रीदेवीका पति तथा बलिउडका प्रोड्युसर बोनी कपूरले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले त्यस्ता बकवास कुराको विषयमा कुनै जवाफ नदिने बताए । उनले कुनै प्रतिक्रिया नभएको र मनगढन्ते कुरालाई कसैले रोक्न नसक्ने पनि बताए । 

अघिल्लो वर्ष २४ फेब्रअरीमा दुबईको एउटा होटलमा श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टमको रिपोर्टका अनुसार मादक पदार्थ सेवन गरेकी श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको थियो । दुबई प्रहरीले उनको मृत्युको विषयमा लामो अनुसन्धानपछि पनि कुनै ठोस प्रमाण भेटिएको थिएन ।     

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप