शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचित

सोमबार, ३० असार २०७६, ११ : ३२
सोमबार, ३० असार २०७६

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न सातौ वार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्य समितिको गठन गरिएकाे छ ।                

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरियाले एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित गरेकाे बताए । उनले एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा एनआरएन नाइजेरिया सक्रिय रहेको पनि बताए । 

त्यसैगरी साधारणसभामा  आईसिसी महिला उप संयोजक मन थापा , आईसीसी सदस्य चिरन्जिबी रोका , पूर्व अफ्रिका उपसंयोजक विदूर घिमिरे , उपाध्यक्ष वीरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गरेका थिए भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए ।

साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका,सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ  निर्बाचित भएका छन । 

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन भएका छन् ।               

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको  प्रदेश नम्बर ५ मा संचालन गर्ने र  नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप