अमेरिकामा भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त
सोमबार, ३० असार २०७६, ११ : ३४
डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ । उनलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो । गत जुलाई १३ का दिन ५० -५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा उनलाई प्रथम पुरस्कार प्राप्त भएको हो ।
उक्त स्वर्ण पदक प्राप्त सँगै उनी आगामी अक्टोबरमा आयरल्याण्डमा हुने आईपिएल प्रतियोगिताको लागि हुने पूर्व योग्यता (प्रि क्वालिफाई )भएका छन् । यो पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्प्रद्धामा प्रतियोगीको रुपमा जान पाइन्छ । उनी यसमा योग्य भए पछि अब आयरल्याण्डको लागि तयारीमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर