शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रकर्मीका सन्तानलाई अध्ययनमा ३० प्रतिशत छुट

सोमबार, ३० असार २०७६, १२ : ३७
सोमबार, ३० असार २०७६

काठमाडौँ । चौधरी ग्रुपद्वारा संचालित क्याम्पियन काठमाडौँ  सेकेण्डरी विद्यालय गहना पोखरीले चलचित्रकर्मी तथा उनीहरुका परिवारलाई अध्ययनमा ३० प्रतिशत छुट दिने भएको छ । 

 नेपाल चलचित्र निर्देशक समाजको पहलमा सो विद्यालयले चलचित्रकर्मीको सम्मानका लाागि यो छुट दिने निर्णय गरेको हो ।

निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठ र क्याम्पियन विद्यालयको प्रिन्सिपल खेमराज देवानले चलचित्रकर्मी छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता हाललाई २ वर्षको लागि गरिएको छ । 

चलचित्रकर्मीले महँगो खर्च तिरेर आफ्नो बालबच्चा पढाउने अवस्था अझै नबनेकोले क्याम्पियनको यो सौहुलियत उनीहरुका लागि लाभदायक हुने समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले बताइन् । 

केही दिन नेपाल चलचित्र निर्देशक समाजले इत्तिहाद एयरवेजसँग पनि सम्झौता गरेर अन्तराष्ट्रिय उडानका लागि २० प्रतिसत छुटको ब्यवस्था गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप