सेयरबाट पुँजी परिचालन घट्यो, ऋणपत्रमा कम्पनी र लगानीकर्ताको आकर्षण
काठमाडौं–यो वर्ष (२०७५÷०७६) सेयर बजारले राम्रो प्रगती गर्न सकेन । प्राथमिक निष्काशन (आइपिओ) र ऋणपत्रको सार्वजनिक निष्काशनले फड्को मारेपनि कुल सार्वजनिक निष्काशनमा भने कमी आएको छ ।
एघार महिनामा ५३ संगठित संस्थाले करिब ३५ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रिबाट पुँजी परिचालन गरेका छन् । जुन गत वर्षको तुलनामा १६ प्रतिशतले कम हो । गत वर्ष ४२ अर्बको प्राथमिक निष्काशन भएको थियो ।
तर यस बर्ष ऋणपत्रको भने बाढी आएको छ । एघार महिनामा १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भएको छ । गत वर्ष ३ अर्ब रुपैयाँ बराबरको मात्र ऋणपत्र निष्काशन भएको थियो । यो ५५२.६७ प्रतिशतले बृद्धि भएको हो । यसबाट कम्पनी र लगानीकर्ता दुबै ऋणपत्रमा आकर्षित भएको देख्न सकिन्छ ।
यद्यपि धितोपत्रको दोस्रो बजारका सुचक भने मिश्रित देखिएका छन् । अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २०९ पुगेको छ । एघार महिनामा सेयर बजामा ९६ अर्ब ९ करोडको करोबार भएको छ । यो गतवर्षको तुलनामा १५.८५ प्रतिशतले कमी हो ।
बजार पुँजीकरण भने ११.८७ प्रतिशतले बृद्धि भएको छ । एघार महिनामा १५ खर्ब ७९ अर्बको बजार पुँजीकरण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा