बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बाणिज्य बैंकको नाफा बढ्यो, २ अर्ब ७ करोड कमायो

आइतबार, १४ जेठ २०७४, २२ : ३१
आइतबार, १४ जेठ २०७४

राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २ अर्ब ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो । 
बैंकले गत आवको ९ महिना अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आवको ९ महिनामा बैंकले ४ अर्ब ६७ करोड व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा भएको वृद्धिले नाफा वढेको हो । बैंकले गत आवको तेस्रो त्रैमासिक अवधीमा ३ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले यो अवधीमा आइपुग्दा एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बै.कको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ र खरव कर्जा २ दशमलव ७० प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल सिग्देल
गोपाल सिग्देल

सिग्देल राजनैतिक विषयमा दख्खल राख्दछन् ।

लेखकबाट थप