बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुलिस र जाउलाखेल सेमिफाइनलमा

सोमबार, ३० असार २०७६, १८ : ५८
सोमबार, ३० असार २०७६

काठमाडौं– नेपाल पुलिस क्लब र जाउलाखेल क्लब ललित स्मृति कप यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोलले हरायो । पुलिसको जितमा मन्जिल राईले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।

यसैगरी अर्को क्वार्टरफाइनल खेलमा जाउलाखेल क्लबले आर्मी क्लबलाई सडन डेथमा ४–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि सडन डेथमा जावलाखेलले बाजी मार्यो । सडनडेथमा जाउलाखेलका राम गुरुङले गोल गरे । आर्मीका आशिष आले गोल गर्न सकेनन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुलिसले र जावलाखेल तथा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप