शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओपोद्वारा प्रायोजित वल्र्ड कप र द च्याम्पियनशिप्स सम्पन्न

सोमबार, ३० असार २०७६, १९ : १९
सोमबार, ३० असार २०७६

लन्डन–ओपोद्वारा प्रायोजित दूई कार्यक्रम– द ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९– भब्यताका साथ सम्पन्न भएको छ । 

ओपोका लागि यी सफलता अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)सँगको फलदायी दिर्घकालिन सहकार्यको सुरुवात तथा आईसीसी संगको सहकार्य मार्फत स्पोर्ट्स मार्केटिङमा भावनात्मक सफलतापनि प्रतिबिम्बित गरेको छ । 

यी दुबै सहकार्यलाई अग्रणी स्मार्ट उपकरण कम्पनीको खेल प्रतिको प्रतिबद्धताको प्रमाणका रुपमा लिन सकिन्छ । साथै, कम्पनीको च्याम्पियनशिप्स, विम्बलडन संगको दिर्घकालिन लक्षित सहकार्यले विश्वभरका यूवा जमातलाई उत्कृष्टता हात पार्न अभिप्रेरित गरिरहेको छ । 

आईसीसी, रोल्याण्ड–गार्रोस र विम्बल्डनका साथमा ओपोसंग अहिले स्पोन्सरशिप प्रपर्टिजको लोभलाग्दो पोर्टफोलियो रहेको छ । 

पहिलो पटक ओपो आईसीसीको ग्लोबल पार्टनर बने लगतै कम्पनीले रोल्यान्ड गार्रोस र द च्याम्पियनशिप्स, विम्बलडनसंग समेत रणनीतिक साझेदारी स्थापित गरेको थियो । 

ब्राण्ड अन्तरराष्ट्रियकरण र स्थानियकरणको सम्मिश्रण मार्फत ग्लोकल पहलहरु वैश्विकरण रणनीति मार्फत कार्यान्वयनमा पनि यसले सघाएको छ । यी प्रायोजनको प्रमुख उद्देश्य विश्वभरका टेनिस तथा क्रिकेटप्रेमीसँगको सफल ब्राण्ड अन्तरक्रिया हो ।

वैश्विकरुपमै विम्बलडनका लागि पहिलो स्मार्टफोन र एकल एसियन आपूर्तिकर्ताका रुपमा ओपोले एईएलटीसीसँग अप्रिलमा ५ बर्षका लागि पार्टनरशिप सम्झौता गरिसकेको छ । 

यसका साथै, ओपो दिर्घकालिन पार्टनर्स रोलेक्स, ज्यागुआर, स्लाजेङग लगायतको सुचिमा समाहित भएको छ । यो सम्झौता संगै ईतिहासमै पहिलो पटक ब्यवसायिक रुपमा विम्बलडन स्मार्टफोन, ओपो रेनो ५जी मार्फत खिचिएको छ ।

रणनीतिक दिर्घकालिन सहकार्य मार्फत प्रतिभा प्रोत्साहन र संयुक्त सामाग्री निर्माण

विम्बलडनका लागि चलिरहेको चर्चा विच ओपोले आफ्नो एस द शट क्याम्पेन सञ्चालन गरेको थियो । 

प्रयोगकर्तालाई पर्फेक्ट शटको पर्फेक्ट शट खिच्न प्रोत्साहन गर्नु यसको उद्देश्य थियो । साथै, यूवा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहनका लागि ओपोले विम्बलडनका साथमा ओपो ब्रेकथ्रो अवार्डपनि स्थापित गरेको छ । 

यो अवार्डको मूल उद्देश्य कम्पनीको यूवा लक्षित दिर्घकालिन योजनालाई अघि बढाउनु तथा यूवा प्रतिभाशाली खेलाडीहरुलाई टेनिसको पर्सिउट अफ पर्फेक्सन मार्फत आफूमा निहित प्रतिभा संसार सामु ल्याउन अभिप्रेरित र प्रोत्साहन गर्नु हो । 

ओपोको पहिलो ब्रेकथ्रो अवार्ड कोकोका रुपमा परिचित १५ बर्षिय कोरी गफले हात पारेका छन् । उनले चौथो राउण्डमा प्रवेशका लागि आफ्नो अद्वितिय खेल मार्फत जीत हात पार्दै समग्र विम्बलडन क्राउडलाई उत्साहित पार्न सफल भएका थिए । 

अवार्डका लागि मनोनितहरु स्पर्धिहरुमा विम्बलडन स्पर्धाको ह्विलचियर र जुनियर श्रेणी, मेन्स तथा विमेन्स सिंग्ल्स लगायतका पाँचै प्रमुख विद्या सम्मिलित थिए ।

ओपो ईन्टरनेशनल विजनेसका मार्केटिङ डिरेक्टर, डेरेक सनले भने, “ विम्बलडन संगको सहकार्यमा विश्वभर रहेका टेनिस अन्तर्गका उदयिमान प्रतिभाको प्रोत्साहनका लागि सहकार्य गर्न पाउनु निकै गौरवको विषय हो । नवप्रर्बतन र विकास मार्फत अमूल्य पललाई उत्कृष्ट तवरमा खिच्ने क्षमता सहितका स्मार्टफोन निर्माणका लागि ओपो सदैव तत्पर रहने गर्छ । हामीले तिनको सफलता तस्विरका रुपमा कैद गर्दै टेनिसको अभूतपूर्व ईतिहास र रोमाञ्चक भविस्य रेकर्ड गर्न सघाउँदै जाने क्रममा आउने पूस्ताको हौसला बढाउँदै तिनलाई तिनको सपना साकार पार्ने कार्यमा सघाउने हाम्रो आशा र प्रयास रहनेछ ।”

आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९को समापन ओपोको यूवा प्रतिभा प्रात्साहन गर्ने प्रयासको सुरुवात मात्र हो । कम्पनीको यो उद्देश्य प्राप्तिका लागि ओपो दिर्घकालिन पार्टनरशिप्स र सहकार्यका लागि निरन्तर खोजीमा लागि रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप