सेनाद्वारा बाढीपहिरो पीडित ७२३ को उद्धार
काठमाडौं-नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ ।
यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ सेनाका विभिन्न स्थानमा तैनाथ युनिटबाट करीब १५ हजार सेना परिचालन गरिएका छन् ।
अविरल वर्षासँगै गएको पहिरोका कारण मुलुकका विभिन्न स्थानका सडक अवरुद्ध भएकामा उल्लेखित स्थानमा फौज परिचालन गरी यातायात आवागमनमा सहज गर्न सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने कार्य, चार स्थानमा विद्युत् प्रशारण लाइनको सुरक्षार्थ मर्मत, सात स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै राहत वितरण र अन्य उद्धारका कार्यलाई निरन्तरता दिइरहेको निर्देशनालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खोज, उद्धार तथा राहतका लागि सेनाले काठमाडौँमा दुई एमआइ १७, एक एएलएच, एक अगुष्टा र एउटा इक्युरेल हेलिकोप्टर तयारी अवस्थामा राखेको छ भने इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआइ १७ हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा