शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार हुँ भन्दै ट्राफिक प्रहरीलाई ठग्न खोज्ने व्यक्ति पक्राउ

सोमबार, ३० असार २०७६, २२ : २८
सोमबार, ३० असार २०७६

काठमाडौं- युगवोध पत्रिकाको पत्रकार हुँ भन्दै ट्राफिक प्रहरीलाई ठग्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । दाङस्थित तुल्सीपुर उपमहानगरपालिका १५ बस्ने सुनिल न्यौपाने ट्राफिक प्रहरीका हवल्दार पूर्ण अकाशदिप सिंहबाट १ लाख ५ हजार रुपैयाँ ठगी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् ।

तुल्सीपुर उपमहानगरपालिका १७ मा सवारी चेकजाँचका क्रममा पत्रकार न्यौपानेसँग कागजपत्र नदेखिएपछि जरिवानास्वरुप हवल्दार सिंहले रसिद काट्न खोजेपछि न्यौपानेले आफु युगवोध पत्रिकाको पत्रकार भएको र भिडियो खिचेको भन्दै धम्क्याएर १ लाख ५ हजार असुलेका थिए ।

त्यसलगत्तै हवल्दार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाहेरी दिएका थिए । उक्त जाहेरी लगत्तै पत्रकार न्यौपाने पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई आवश्यक कार्वाहीका लागि अख्तियारमा बुझाइएको थियो । यद्यपि, उनी असार २२ गते काठमाडौं विशेष अदालतबाट भ्रष्टाचार मुद्धामा छुटिसकेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप