शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुससहित नासु पक्राउ

सोमबार, ३० असार २०७६, २३ : ०४
सोमबार, ३० असार २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई रु एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ । 

सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोतीलाई आज कार्यालय परिसरबाटै घुससहित नियन्त्रणमा लिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप