मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

मङ्गलबार, ३१ असार २०७६, ०६ : ४५
मङ्गलबार, ३१ असार २०७६

पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको भ्रमण । युरोप, अमेरिकामा नेतालाई स्वागत । ‘ट्रान्जिट’ मा नेताको स्वागत । मन्त्रीहरूको आगमन र प्रस्थान ।

विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट फाट्टफुट्ट सम्प्रेषण हुने प्रेस विज्ञप्तिका नमुना हुन् यी । विदेशमा ३० दूतावास, तीन स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । कुुनै न कुुनैले यस्ता विज्ञप्ति निकालिरहन्छन् । यसबाट कामै यत्ति हो कि भन्ने भान हुन्छ ।

त्यहाँको विदेश मन्त्रालय वा राजनीतिक तवरमा गरेका छलफल, लगानीसम्बन्धी कार्य, आर्थिक कूटनीतिमा अवलम्बन गरिएका कार्य बाहिर आउँदैनन् । उनीहरूले परराष्ट्र मन्त्रालयमा पठाउने प्रगति विवरणमा पनि यस्तै हल्काफुल्का कुुरा हुन्छन् । गम्भीर विषयका विवरण एक–दुुई राजदूतले पठाउँछन् । दूतावासले हरेक महिना आआफ्ना कामको समीक्षा प्रतिवेदन पठाउँछन् । ती सबै परराष्ट्रसचिव र सम्बन्धित महाशाखामा आउँछन् ।

‘त्यसमा कमीकमजोरी औंल्याउने काम न मन्त्रालयबाट हुुन्छ न त राम्रो ग¥यौं भनेर प्रोत्साह नै’, एक राजदूतले भने, ‘हामीलाई कार्यादेश दिइएको हुन्छ तर त्यो आफैंमा गन्जागोल हुुन्छ । भ्याएजति, बुझेजति गर्ने हो । अन्य कामका लागि महाशाखाले पनि योजना दिनुुपर्छ ।’ प्रतिवेदनको सुनुवाइ नभएको भन्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा.विश्वम्भर प्याकुुरेलले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुुको मुुख्य कारण मन्त्रालयमा दूतावासप्रति उत्साह नहुनु र साना कर्मचारीको हालिमुहालीलाई बनाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप