बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेक्सी वा बार गर्लका लागि बोलाइन्छः माही गिल

मङ्गलबार, ३१ असार २०७६, ०९ : ४५
मङ्गलबार, ३१ असार २०७६

बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा निकै लजालु भएको बताउने गर्छिन् । तर योसँगै आफू दबंग महिला पनि भएको बताउँछिन् ।

तर उनी फिल्ममा यस्ता भूमिका निभाएर थाकिसकेको बताउँछिन् ।

उनी भन्छिन्, ‘यदि कुनै सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ । यसका साथै यदि कुनै वेश्या वा रक्सी हातमा लिने महिलाको भूमिका छ भने माही गिल अर्थात् मलाई याद गरिन्छ ।’

उनलाई ‘साहेब, बीवी और ग्यांगस्टर’ जस्ता थुप्रै भूमिकाको अफर आउँछ तर आफू अब नयाँ गर्न चाहेको उनी बताउँछिन् ।

आवाज उठाउँदा पाइन् न्यायः

बीबीसी हिन्दीसँगको कुराकानीमा माही गिलले एक घटना याद गर्दै भनिन्, ‘हालै म र मेरो टीमाथि दुर्व्यवहार भयो । म र मेरो पूरा टीम अल्ट बालाजीको एउटा सिरिजको सुटिङ गरिरहेका थियौं । त्यतिबेला नै केही मानिसहरु आए र गुण्डागर्दी गर्न थाले ।’

‘म १० वर्षदेखि मुम्बईमा सुटिङ गरिरहेको थिएँ । यसअघि कहिले पनि यस्तो भएको थिएन तर मुम्बई नजिकैको बाहिरी क्षेत्रमा यस्तो भइरहने भएकाले सायद हामीमाथि पनि यस्तो भएको हुनसक्छ । उनीहरु आए र कुटपिट गर्न थाले ।’

उनले थपिन्, ‘यो घटनाको सिलसिलामा हामीले मुख्यमन्त्रीलाई पनि भेट्यौं र पुलिसले उनीहरुलाई चाँडै नै पक्राउ गर्न सफल भयो । यो सबै मेरो आँखा अगाडि भएकाले म अगाडि आएँ र समूहका लागि न्याय पनि मागेँ । त्यसकारण मलाई लाग्छ कि जसको अगाडि घटना भएको छ उनीहरु अगाडि आउनुपर्छ । मानिसहरु शान्त बस्नु हुँदैन । उनीहरुले आवाज उठाउनु नै पर्छ ।’

माहीले बलिउडमा काम गरेको १० वर्ष बढी भइसकेको छ तर पनि उनले आफूले चाहेको जस्तो मौका पाउन सकेकी छैनन् ।

माही भन्छिन्, ‘बलिउडमा धेरै मानिसहरु ठूलो घरानाका छन् तर सबैले राम्रो अभिनय गर्न सक्छन् भन्ने छैन । तपाईंले मेरो करियर ग्राफ हेरेर भन्न सक्नुहुन्छ कि मलाई टाइपकास्ट (एउटै भूमिका) गरिएको छ ।’

यसबारे उनी भन्छिन्, ‘एउटै रोल लिएर धेरै मानिसहरु आउँछन् । म पटकपटक एउटै भूमिका गर्न चाहन्नँ त्यसकारण कम काम गर्छु । एक अभिनेत्रीको रुपमा मैले केही भिन्न गर्नुपर्छ । म पनि चाहन्छु कि मेरो फिल्म पनि परिवारसँग बसेर हेर्न सकियोस् । त्यसकारण मैले ‘फ्यामिली अफ ठाकुरगंज’ फिल्ममा अभिनय गरेँ जसमा मेरो भूमिका दबंग महिलाको छ ।’

माहीका अनुसार निर्देशक अनुराग कश्यपकामे फिल्म ‘देव डी’ ले उनको जीवन परिवर्तन गरिदियो । उनी भन्छिन्, ‘सबैकुरा राम्रै चलिरहेको थियो । धेरै मानिसहरुले लगातार फोन गरेर थुप्रै फिल्मको अफर पनि दिए । तर अचानक म डिप्रेशनको शिकार भएँ ।’

‘जुन वर्ष मेरो सबैभन्दा राम्रो हुनुपर्दथ्यो त्यही वर्ष थाहा छैन ममाथि के भयो र म डिप्रेशनमा गएँ । त्यसपछि मैले तिगंमांशसु धुलियाको साहेब बीबीको भूमिका पाएँ । म उनीप्रति आभारी छु । म कहिले पनि बिर्सने छैन कि उनले ममाथि यति धैरै विश्वास गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप