बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राहतका कामलाई प्रभावकारी बनाउन एनआरएनको आग्रह

मङ्गलबार, ३१ असार २०७६, १० : ५०
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं–अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण  भएको जनधन क्षति भएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएन) ले दुःख व्यक्त गरेको छ । 

संघको तर्फबाट प्रवक्ता भूषण घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै  प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

संघले  घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुनरस्थापना एवं राहतका कामलाई  प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ । 

एनआरएनले स्वदेश र विदेशमा रहेका नेपालीलाई आआफ्नो स्थानबाट सहयोग गर्नको लागि  पनि अपील गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप