दुई छोरीमात्र जन्माउने दम्पती सम्मानित
ओखलढुंगा–ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले दुईमात्र छोरी जन्माएका दम्पतीलाई सम्मान गरेको छ ।
नगरपालिकाको गत वर्षको निति तथा कार्यक्रममा समाबेश भएअनुसार नगरभित्रका दुई छोरीमात्र भएका दम्पतीलाई सम्मान गरेको हो ।
नगरपालिकाका १२ वटै वडाका दुई छोरीमात्र भएका ३० जोडी दम्पतीलाई सोमबार नगदसहित सम्मान गरिएको छ ।
नगरप्रमुख मोहन कुमार श्रेष्ठले प्रति दम्पती ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरे ।
समाजमा बिद्यामान रहेको छोरा र छोरी बीचको भेदभावलाई चिर्दै दुई सन्तान ईश्वरको बरदान भन्ने अभिप्रायका साथ दुईजना छोरीमात्र जन्मिएर परिवारको रहर पुरा गरेका अबिभावकलाई सम्मान गरेको भन्दै सम्मातिन दम्पतीले खुशी ब्यक्त गरेका छन् ।
सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका स्थानीय राम कुमार श्रेष्ठले छोरीमात्र जन्माएको परिवारलाई नगरपालिकाले सम्मान गर्दा खुसी लागेको भन्दै पृतिसतात्मक सोचबाट ग्रसित समाजको सोचाईमा समेत परिवर्तन आउनुपर्ने बताए ।
समाजमा अझैपनि छोरा र छोरीबीचको विभेद कायमै रहेको छ । छोरा हुँदा समाजले हेर्ने दृष्टिकोण र छारी मात्र हुँदा समाजले हेर्ने दृष्ट्रिकोणमा फरक रहेकाले नगरपालिकाले छोरा छोरीबीचको बिभेद अन्य गर्न थालेको अभियान प्रशंसायोग्य रहेको सिद्धिचरण नगरपालिका ८ का स्थानीय दिलमाया गुरुङलले बताइन् ।
सिद्धिचरण नगरपालिकाले छोरा र छोरीबिचको बिभेदलाई लिएर समाजले हेर्ने दृष्टिकोणमा पारिवर्तन ल्याउन यो कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।
समाज अगाढी बढ्न सबैभन्दा पहिले भेदभाव मुक्त समाजबन्नुपर्ने भन्दै यसलाई न्युनिकरण गर्न दुई छोरीमात्र जन्माएर स्थाई रुपमै परिवार नियोजन गरेका दम्पतीलाई सम्मान गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।
नगरपालिकाले गतबर्ष यसकार्यक्रमका लागी १ लाख ५० हजार रुपौया बजेट छुट्याएको थियो भने यसबर्ष करिब २ लाख रुपैयाँ छुट्याइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई