कविता : श्रद्धेय गुरुप्रति
-अच्यूत शाली घिमिरे
जब संसारमा अन्धकार भयो तिमी दृष्टि बन्यौ
ज्ञानरूपी वृक्षको तीतो फल चाख्यौ
मानव मगजको मूर्खता खै बेकामको लाग्छ
तिमी समीप आउँदा परमेश्वरको वरदान पनि भाग्छ ।
द्रोणाचार्य तिम्रो सर्वज्ञाता
अज्ञानको झालो फाल्ने, तिमी नै हौ देवता
बालेर ती दियोहरु ज्योति तिमी छर्छौ
विद्यार्थीको मगजमा सर्वगुण भर्छौ ।
दौरा सुरवाल ढाका टोपी कति सुहाएको
कोमल तिम्रा ज्ञानहरु चोखो नुहाएको
शिष्ट तिम्रो बोलीचाली, छ है मीठो बानी
परे तिम्रो सङ्गतमा हुने छौँ है ज्ञानी ।
फूल जस्तै फुल्छौ तिमी विद्यार्थीका माझ
जुनकिरीझैँ बलिदिन्छौ जब पर्छ साझ
डाक्टर पाइलट वकिलहरु कति कति
बने
तिम्रै छ त्यो योगदान जहाँ जति बने ।
काँडालाई तिखारी दिने तिमी हौ विद्वान
पातलैमा दर्शन मिल्ने हौ साक्षात भगवान
खियाई बस्छौ डुङ्गाहरु माझी दाइ बनी
हाम्लाई वार पार गराई, भएका छौ गुनी ।
उभ्याएर स्वाभिमानी उच्च सगरमाथा
पढाउँछौ तिमी सधैँ अमर वीरगाथा
जोड्यौँ सारा विद्यार्थीलाई राख्न पहिचान
महान तिम्रो अभिभारा बनोस् ठुलो सान ।
तिम्रो प्रतिभा, उच्च गरिमा सधैँ प्रेरणा भई रहोस्
अमूर्त त्यो तिम्रो कला सञ्जीवनी बनोस्
पूर्णिमाको दिन आज तिम्रो पाउमा पर्छु
तिम्रै औँलाको इसारामा आफ्नो पाइला सार्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी