बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक किलो प्लाष्टिकको फोहोर दिँदा पाइनेछ निःशुल्क खाना, आधा किलोमा पेटभरी नास्ता

मङ्गलबार, ३१ असार २०७६, १३ : २१
मङ्गलबार, ३१ असार २०७६

भारतको छत्तिसगढको अम्बिकापुरमा गार्बेज क्याफे योजना सुरु भएको छ । नगर निगमले शहरका गरिब र घरबारबहिनीलाई प्लाष्टिकको बदलामा खाना प्रदान गर्नेछ । अभियानका अनुसार सडकमा छरिएका एक किलो प्लाष्टिक क्यारी ब्याग ल्याउँदा निःशुल्क भोजन र आधा किलो प्लास्टिक क्यारी ब्याग ल्याउन पेटभरी नास्ता दिइनेछ । शहरको प्रतिक्षा बस स्ट्यान्डबाट यसको सञ्चालन गरिनेछ ।

सोमबार पेश भएको नगर निगम बजेटमा यो योजनाका लागि साढे पाँच लाख भारुको  प्रावधान गरिएको छ । जबकी आवश्यकता पर्दा जनप्रतिनिधीबाट पनि मद्दत लिइनेछ ।

घरबार बिहिनीलाई खाना र बस्ने प्रबन्ध मिलाइनेछः

अभियान अनुसार नगर निगम शहरको गरिब र बेघर व्यक्तिलाई निःशुल्क खाना दिइनेछ । यतिमात्र होइन, यस्ता व्यक्तिका लागि खानाका साथै बस्ने व्यवस्था पनि मिलाइनेछ । यो योजनालाई स्वच्छता अभियानसँग जोडिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप