शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वडाध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा सोह्रखुट्टेबाट एक जना पक्राउ

मङ्गलबार, ३१ असार २०७६, १४ : १०
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँबजार खुसीबुस्थित अटो पार्टस (न्यू रायमाझी ट्रेडिङ)का कर्मचारी रविन खत्री रहेका छन् । 

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

वडाध्यक्ष रिजालले वडा कार्यालयकाे दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले  फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । 

महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले उनलाई हिरासतमा राखेर  अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेकाे बताए । 

कार्कीले अटो पार्टसका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको र अरू थप आफूलाई थाहा नभएको प्रारम्भिक बयान दिएको बताइएको छ । 

वडाध्यक्ष रिजालले भने, ‘उहाँले व्यवसायक क्लोजिङको लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशंकामा मकहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइयाे । त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएको पठाइएको हो ।’
वडाध्यक्षको फर्जी हस्ताक्षर भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप