शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशको काम: सांसदको भ्रमणदेखि पिएलाई तालिमसम्म

मङ्गलबार, ३१ असार २०७६, १४ : ५३
मङ्गलबार, ३१ असार २०७६

बुटवल– पाँच नम्वर प्रदेश सभामा चलिहरेको चौथौ अधिवेशन सम्म ४० वाट विद्येयक पारित गरेको छ । प्रदेशसभामा दर्ता भएका ४६ वटा विद्येयकमध्ये ४० वटा परित गरेको प्रदेशसभा सचिवलायले जनाएको छ । ७४ साल मंसिरमा महिना भएको निवार्चनबाट गठन भएको पाँच नम्बर प्रदेशसभाको प्रथम बैठक माघ २१  गते बसेको थियो । यो बीचमा के कति काम भएका छन् ।

सभाले प्रदेश वित्त व्यवस्थापन विद्येयकदेखि अन्तर प्रदेश वासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्ने विद्येयकसम्म पारित गरेको छ । यस्तै प्रदेश सभाको सदस्यको भ्रमणदेखि र प्रदेशसभा सदस्य स्वकिय सचिवहरुलाई तालिमसम्म दिन भ्याएको छ ।

हालसम्म के–के विद्येयक पारित भए ? (सूचीसहित)

पहिलो अधिवशेनमा ४ वटामा चारवटै विद्येयक पारित गरेको प्रदेश सभाले दोस्रो अधिवेशनमा ११ वटा विद्येयक पारित गरेको छ । यस्तै सबैभन्दा धेरै तेस्रो अधिवेशन २३ वटा पारित भएका छन् । अहिले चलिरहेको चौथौ अधिवेशनमा २ वटा विद्येयक पारित भएका छन् भने ६ अझै दर्ता भएका विद्येयक छन् । 

पहिलो अधिवेशनले सरकारको आर्थिक कार्यविधि नियमन तथा व्यवस्थित गर्न बनेको विद्येयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक रहेका छन् ।

यस्तै प्रदेशका गाउँसभा, नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

दोस्रो अधिवेशनमा निम्न विधेयकहरु पारित भएका छन्:

१.प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
२.प्रदेश सरकारको मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
३.प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
४. प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक (आर्थिक विधेयक, २०७५),
५.प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
६. प्रदेश सरकारको आ.व. २०७५÷०७६ सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
७.मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
८.प्रदेश नं. ५, अन्तर्गतका गाउँ सभा र नगर सभाको कानून निर्माण प्रकिया सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,
९.प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,
१०.प्रदेश वित्त व्यवस्थापन विधेयक,
११.प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
तेश्रो अधिवेशनमा निम्न विधेयकहरु पारित भएका छन् ः
प्रदेश नं. ५ प्रदेश सभाको तेश्रो अधिवेशन मिति २०७५ साल मंसिर २८ गते सुरु भएको थियो ।
२०७६ साल बैशाख २२ गते सम्मको अविधीमा ३३ वटा बैठक बसेको रेकड छ । जसमा २९ घण्टा २३ मिनेट प्रदेश सभाको बैठक बसेको थियो । प्रदेश सरकारको तर्फबाट तेश्रो अधिवेशनमा २४ वटा विधेयक प्रदेश सभामा दर्ता भएकोमा २३ वटा विधेयक सभाबाट पारित भएको थियो ।  यस्ता थिए पारित विद्येयकहरु
१.प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२.जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारकोसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
३.दाना पदार्थको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
४.भवन निर्माण कार्यलाई व्यवस्थित एवम् नियमित गर्ने सम्बन्धमा बनेको विधेयक
५.प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
६.बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
७.प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
८.अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
९.मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१०.पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
११.प्रदेश पशु वधशाला तथा मासु जाँच गर्ने  सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१२.संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
१३.जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१४.तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१५.खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी बनेको विधेयक
१६.प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक
१७.सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१८.खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक
१९.प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक
२०.गाउँसभा÷नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२१.बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२२.औद्योगिक व्यवसाय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक
२३.प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा ब्यवस्था गर्नबनेको विधेयक
प्रदेश नं. ५ प्रदेश सभाको चौथो अधिवेशन जेष्ठ २ गते देखि सुरु भएको हो । हालसम्म १८ दिनमा १८ वटा बैठक प्रदेशसभा सचिव दुर्भलकुमार पुनले बताए । हाल प्रदेश सभाको चौथोे अधिवेशनमा २ वटा विधेयक सभाबाट पारित भएको छ । अझै प्रदेशसभामा ६ वटा विद्येयक दर्ता भएका छन् । 

चौथो अधिवेशनमा निम्न विधेयकहरु पारित भएका छन् :

१.प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

२.आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । 

कुन अधिवेशन कति बैठक ?   

२०७४ माघ २१ गते पहिलो बैठक बसेको पाँच नम्बरको प्रदेश सभामा प्रथम अधिवेशनमा २२ बैठक बसेको थियो । जसमा २२ पटक बैठक वसेको प्रदेशसभा सूचना अधिकारी मनोज पाण्डेले बताए । दोस्रो अधिवेशन ७५ बैशाख १ गते शुरु भई साउन २४ गतेसम्म बसेको छ । उक्त अवधिमा २८ वटा बैठक बसेका छन् ।

जसमा ३३ घण्टा २० मिनेट पर्छ । यस्तै तेस्रो अधिवेशनमा  ७५ साल मंसिर २८ गते शुरु भई बैशाख २२ गते अन्त भएको थियो । उक्त अवधिमा ३३ दिन बैठक बसेको प्रदेशसभा सचिव पुनले बताए ।  अहिले चौथौ अधिवेशन जारी छ । जेठ २ गतेबाट  सुरु भएको अधिवेशनमा हालसम्म १८ पटक बसेको छ  । यस अवधिमा दुईवटा विद्येयक पारित भएका छन् ।

यस्तै प्रदेशका विषयगत समितिहरुको बैठक पनि महत्वपूर्ण मानिन्छ । यो आर्थिक बर्षसम्म सबैभन्दा धेरै प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेको छ । जुन बैठक यो अर्थिक बर्षमा २९ पटक बसेको छ ।  सबैभन्दा कम विशेष समितिको बैठक बसेको छ । जम्मा ३ पटक बसेको प्रदेशसभाको रेकर्ड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप