उर्वनको नयाँ गीत ‘साथी’
मङ्गलबार, ३१ असार २०७६, १८ : ३८
काठमाडौं– गायक तथा संगीतकार अमासी उर्वन राईको नयाँ गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । उर्वनको शब्द, संगीत र स्वर समेत रहेको गीतमा राजेश पायल राई र महेन्द्र राईले स्वर दिएका छन् ।
साथी सम्बन्धका विषयमा बनेको गीतको भिडियोमा उमेश गिरी, प्रितम गुरुङ, प्रेम राई, रोमा राई, जेनिसा गुरुङ, पूर्णिमा गुरुङ लगायतले अभिनय गरेका छन् ।
त्यसैगरी बालकलाकारहरु प्रियान्च राई, क्रिश्टिना मगर, लिस्मा गुरुङ, मविना गुरुङ, सम्बन्ध सुब्बा, सपन सुब्बा लगायतले अभिनय गरेका छन् ।