शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध, डुङ्गामार्फत आवतजावत गर्दै यात्रु

मङ्गलबार, ३१ असार २०७६, १९ : ०५
मङ्गलबार, ३१ असार २०७६

बर्दिवास– विगत केहि दिनदेखी भएको भीषण वर्षाको कारण महोत्तरी जिल्लाको सदरमुकाम जोडने मुख्य जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।  जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला भारी वर्षा भएपछि बाटो अवरुद्ध भएको हो । 

बर्षा शुरु भएकै दिनदेखि सडक बगाएपछि जनकपुर जलेश्वर सडकखण्ड अन्तर्गत पिपरा गाउँ पालिकाका स्थानीयवासीले बसको ट्युब प्रयोग गरेर बाटोमा आवतजावत गर्ने यात्रीलाई करिब ५० मिटरको दूरीमा ५० रुपैयाँ लिएर खोला वारपार गराइरहेका छन् । मंगलवार दिउँसोदेखी सो बाटोमा नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोली पुगेको छ ।

टोलीले दुईवटा डुङ्गाको सहायताबाट सदरमुकाम जाने र फर्किने यात्रुलालाई निशुल्क ओसार पोसार गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप