बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेस अफ मारवाडीको दोस्रो संस्करण हुने

मङ्गलबार, ३१ असार २०७६, १९ : ३१
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– फेस अफ मारवाडी एउटा समुदायमा आधारित सौन्दर्य पेजेन्ट हो ।

हाल यसको दोस्रो संस्करण हुने भएको छ । यस वर्ष बलिवुड सेलीब्रेटीहरुको उपस्थितीले यस प्रतियोगिताको गरिमा बढाउनेछ ।  बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ्ग समाल्ने छन् ।

भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरीका साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा हुने आयोजकले बताएको छ । त्यस्तै नेपालका विभिन्न सम्मानित व्यक्तित्वहरुका साथै वरिष्ठ कार्यकर्ताहरुको पनि उपस्थिती रहनेछ । 

यस प्रतियोगिता २० जुलाई २०१९ होटल डेल अन्नपूर्णमा सम्पन्न हुनेछ । यस प्रतियोगितालाई देश तथा विदेशबाट विभिन्न सेलीब्रेटीहरुले एकदम चासो लिएर नियालिरहेका छन् । 

पेज ३ सर्भिस र उत्सवको सहकार्यमा यो प्रतियोगीता हुनेछ । यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागीता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप